काठमाडौँ मङ्सिर २६-कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा घर नभएको जग्गालाई पक्की घर भएको जस्तो देखाउँदै बैंकबाट ३३ लाख ७५ हजार रुपैयाँ ऋण निकालेको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार चार जनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बेलडाँडी–२ की शान्ती नाथले किता नं. ३५७ मा पक्की भवन रहेको भनी सेती कन्सल्टेन्सीमार्फत विस्तृत नक्सा तयार गराएर गाउँपालिकामा अभिलेखीकरण गराएकी थिइन्। गाउँपालिकामा भवन नक्सा पास गर्ने कानुनी प्रक्रिया नै नबनेको अवस्थामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सव–इन्जिनियर जय कुँवर र असिस्टेन्ट सव–इन्जिनियर तेजबहादुर सुनारले सो नक्सा प्रमाणित गरेको अख्तियारले जनाएको छ।
स्थलगत अनुगमन र नापी कार्यालयको फिल्ड प्रतिवेदन दुवैले ४०० वर्गमिटर क्षेत्रफल रहेको सो जग्गामा कुनै पनि पक्का घर वा भौतिक संरचना नभएको स्पष्ट गरेको छ। नाथले भने यही झुट्टा नक्सा र गलत अभिलेखका आधारमा लक्ष्मी सनराइज बैंक, कञ्चनपुर शाखाबाट २०७८ साल फागुनमा २३ लाख ७५ हजार रुपैयाँ र २०७९ असोजमा १० लाख रुपैयाँ गरी कुल ३३ लाख ७५ हजार रुपैयाँ ऋण निकालेकी थिइन्।
अनुसन्धानमा घर नै नभएको अवस्थामा पक्की घरको नक्सा तयार पार्ने, अभिलेखीकरण गराउने, प्रमाणीकरण गराउने र ऋण लिन सहजीकरण गर्ने पूरा प्रक्रियामा चारैजनाबीच मिलेमतो रहेको प्रमाणित भएको आयोगले जनाएको छ।
यस आधारमा प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सव–इन्जिनियर जय कुँवर र असिस्टेन्ट सव–इन्जिनियर तेजबहादुर सुनारलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम सजाय माग गर्दै मुद्दा दायर गरिएको छ। त्यस्तै, झुट्टा कागजातमार्फत ऋण उठाउने मुख्य भूमिकामा रहेकी शान्ती नाथविरुद्ध सोही ऐनको दफा २२ र दफा ९ बमोजिम मुख्य कसूरदार सरह बराबरको सजाय मागिएको छ।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया