एमालेको नयाँ नेतृत्वका लागि चुनावी कार्यतालिका सार्वजनिक, पुस १ गते मतदान

काठमाडौं मङ्सिर २८-नेकपा एमालेको एघारौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आयोगका केन्द्रीय अध्यक्ष डा. विजय सुब्बाले कार्यतालिका सार्वजनिक गरेका हुन्।

कार्यतालिकाअनुसार सोमबार बिहान ७ बजेदेखि निर्वाचन कार्यक्रम सुरु हुनेछ। मंगलबार बिहान ७ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। सोही दिन बिहान ८ देखि ९ बजेसम्म मतदाता नामावलीमाथि दाबी–विरोध दर्ता गर्न सकिनेछ। साढे ९ बजे दाबी–विरोधको सूचना प्रकाशन र बिहान १० बजे दाबी–विरोधमाथि छानबिन गरिनेछ। त्यसपछि सवा १० बजे अन्तिम मतदाता नामावली सार्वजनिक हुनेछ।

मंगलबार दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ भने त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

निर्वाचन आयोगका अनुसार पुस १ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अब काठमाडौंमा ‘कार कल्चर’ होइन, ‘बस कल्चर’
16 घण्टा अघि

काठमाडौं,माघ २५— काठमाडौं महानगरपालिकाले राजधानीको यातायात व्यवस्थामा आमूल परिवर्तनको संकेत गर ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP