ट्रान्सपरेन्सी इन्टरनेसनलद्वारा महान्यायाधिवक्ता भण्डारी निलम्बन, वेबसाइटबाट हटाइयो नाम

काठमाडौं मङ्सिर २८-ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यताबाट निलम्बन गरेको छ। निलम्बनसँगै उनको नाम संस्थाको आधिकारिक वेबसाइटबाट समेत हटाइएको छ।

महान्यायाधिवक्ता नियुक्त भएपछि भण्डारी विभिन्न विवादमा तानिएको र पदबाट राजीनामा नदिएको भन्दै संस्थाले यस्तो निर्णय लिएको हो। पदमा रहँदासम्म सदस्यता स्थगनका लागि भण्डारीले निवेदन दिए पनि विवाद बढ्दै गएपछि संस्थाले राजीनामा दिन आग्रह गरेको थियो।

तर विवादित अवस्थामै पदमा कायम रहेपछि सदस्यता स्थगनको साटो निलम्बन गर्ने निर्णय गरिएको जनाइएको नोटिसमा उल्लेख छ। भण्डारीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले पनि निलम्बन गरिएको संस्थाको भनाइ छ।

हाललाई भण्डारीको साधारण सदस्यता निलम्बन गरिएको र उनको नाम संस्थाको वेबसाइटबाट रेकर्डमा नरहने गरी हटाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP