तनहुँमा ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ माथि छलफल सम्पन्न

तनहुँ, मंसिर २८ – तनहुँमा आइतबार प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको अध्यक्षतामा ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा स्थानीय पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रतिनिधि, प्रशासकीय अधिकृत, विपद् सम्पर्क व्यक्ति र अन्य सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।

कार्यक्रम नेपाल विद्युत् प्राधिकरणको आयोजना, जिल्ला प्रशासन कार्यालय तनहुँको संयोजन र वर्ल्ड बैंकको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागीहरूले विपद् संवेदनशील सामाजिक सुरक्षा र राहत वितरणका मापदण्ड तथा कार्यान्वयन प्रक्रियाबारे व्यापक छलफल गरेका थिए।

कार्यक्रमको उद्देश्य स्थानीय तहमा राहत वितरण र सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रभावकारी, पारदर्शी र विपद् मैत्री बनाउने दिशामा सरोकारवालाबीच छलफल गर्न सहयोग पुर्‍याउनु रहेको आयोजकहरूले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP