प्रदेश प्रहरी प्रमुखको निरीक्षण: झापा प्रहरीले मनोबल उच्च राखी नागरिक सेवा प्रवाह गर्न निर्देशन पाए |

झापा, मंसिर २९ – कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण गर्नु भएको छ। निरीक्षणको क्रममा वहाँले कार्यालय भवन, सबै शाखा र हिरासत कक्षको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो।

निरीक्षण पश्चात प्रदेश प्रहरी प्रमुख घिमिरेले जिल्ला प्रहरी कार्यालय र मातहत इकाई प्रमुखहरु तथा सिमावर्ती इलाकामा खटिएका प्रहरी अधिकृतहरुलाई आवश्यक निर्देशन दिनुभयो। उहाँले प्रहरी काम कारवाही चुस्त, दुरुस्त र त्रुटि रहित बनाउन, सेवाग्राहीको पिरमर्का प्राथमिकतामा राखेर प्रविधि मैत्री सेवा प्रदान गर्न आग्रह गर्नुभयो।

आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन आफ्नो जिम्मेवारीअनुसार त्रुटि रहित कार्य गर्न निर्देशन दिइएको छ। साथै, शान्ति सुरक्षामा समर्पित प्रहरीहरुले मनोबल उच्च राख्दै नागरिक र देशको हितमा सेवा प्रवाह गर्नुपर्ने उहाँको भनाइ थियो।

प्रदेश प्रहरी प्रमुखले प्रत्येक प्रहरीलाई आफ्नो जिम्मेवार क्षेत्रमा परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण, पेन्डिङ मुद्दाको सफल अनुसन्धान गर्न तथा खुल्ला सिमा नाका भएको झापामा सिमावर्ती अपराध, चोरी तस्करी, भन्सार छली र लागु औषध ओसारपसार नियन्त्रण गर्न निर्देशन दिनुभयो। आर्थिक प्रलोभनमा नपरी शून्य सहनशीलतामा व्यवसायिक भुमिका निर्वाह गर्न समेत जोड दिइयो।

उक्त निरीक्षण भ्रमणको क्रममा विपद व्यवस्थापन गुल्म चन्द्रगढीको पनि अवलोकन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुले प्रदेश प्रहरी प्रमुखलाई झापा जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था प्रस्तुत गर्नुभयो। निरीक्षणमा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रमुख प्रहरी उपरीक्षक केशव भट्टराई समेत उपस्थित रहनुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

स्थानीय निर्वाचन उम्मेदवारी दर्ता आज र भोली, यी १८ प्रतिबद्धता घोषणा गर्नुपर्ने
3 बर्ष अगाडि

ती यस प्रकारण छन् : १. संविधानप्रति निष्ठावानस रहेको घोषणा गर्नुपर्नेछ । २. २१ वर्ष पूरा भएको ...

छुटाउनुभयो कि ?

TOP