काठमाडौं, मंसिर २९ — नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनको कार्यतालिका संशोधन गरिएको छ।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित कार्यतालिकाअनुसार आज दिउँसो १ बजेदेखि साढे ३ बजेसम्म उम्मेदवारको दरखास्त फाराम दर्ता हुनेछ। यसअघि दरखास्त दर्ताको समय साढे १० बजेदेखि साढे १ बजेसम्म तोकिएको थियो।
आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार आज दिउँसो ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। त्यसपछि साँझ ५ बजे उजुरीमाथि छानबिन तथा निर्णय हुने कार्यतालिका छ।
साँझ ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली साँझ साढे ६ बजे प्रकाशन गरिनेछ।
निर्वाचन आयोगका अनुसार मतदान भोलि (मंगलबार) बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। एमालेको बन्दसत्रसँगै निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको हो।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया