एमाले निर्वाचन तालिका संशोधन, आज साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली

काठमाडौं, मंसिर २९ — नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनको कार्यतालिका संशोधन गरिएको छ।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित कार्यतालिकाअनुसार आज दिउँसो १ बजेदेखि साढे ३ बजेसम्म उम्मेदवारको दरखास्त फाराम दर्ता हुनेछ। यसअघि दरखास्त दर्ताको समय साढे १० बजेदेखि साढे १ बजेसम्म तोकिएको थियो।

 

आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार आज दिउँसो ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। त्यसपछि साँझ ५ बजे उजुरीमाथि छानबिन तथा निर्णय हुने कार्यतालिका छ।

साँझ ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली साँझ साढे ६ बजे प्रकाशन गरिनेछ

निर्वाचन आयोगका अनुसार मतदान भोलि (मंगलबार) बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। एमालेको बन्दसत्रसँगै निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन
8 घण्टा अघि

झापा। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज हुलाकी रा ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP