काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलसहित शीर्ष नेताहरूले आज मतदान गरेका छन्। मतदानका क्रममा प्राविधिक समस्या देखिँदा ओली र पोखरेललाई भोट खसाल्न करिब ४० मिनेट लागेको प्राविधिकहरूले जानकारी दिएका छन्।
निर्धारित समयमै मतदान केन्द्र पुगेका उनीहरूलाई विद्युतीय प्रणालीमा देखिएको समस्या समाधान नभएसम्म कुर्नुपरेको थियो। प्राविधिक टोलीले समस्या समाधान गरेपछि मात्र उनीहरूले मतदान गर्न सकेका थिए।
मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेताहरूले निर्वाचन प्रक्रिया शान्तिपूर्ण र मर्यादित ढंगले अघि बढिरहेको बताएका छन्। यद्यपि, प्रारम्भिक चरणमा देखिएका प्राविधिक कमजोरीहरूलाई समयमै सुधार गर्न आवश्यक रहेको उनीहरूको भनाइ थियो।
निर्वाचन आयोगका अनुसार प्राविधिक समस्या सीमित स्थानमा मात्र देखिएको र अहिले अधिकांश मतदान केन्द्रमा मतदान प्रक्रिया सहज रूपमा सञ्चालन भइरहेको छ।
ती यस प्रकारण छन् : १. संविधानप्रति निष्ठावानस रहेको घोषणा गर्नुपर्नेछ । २. २१ वर्ष पूरा भएको ...
प्रतिक्रिया