भिजिट भिसा प्रकरणः पक्राउअघि सहसचिव भट्टराईले डायरीमार्फत सचेत गराएको खुलासा

भिजिट भिसा प्रकरणमा पक्राउ परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख सहसचिव तीर्थराज भट्टराईले पक्राउ पर्नुअघि डायरीमार्फत सबैलाई सचेत गराएको खुलासा भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानअनुसार भट्टराईले डायरीमा अख्तियार तथा अन्य निकायको कडा निगरानी रहेको उल्लेख गर्दै ‘कोड भाषा’ प्रयोग गरी सतर्क रहन निर्देशन दिएका थिए। डायरीमा “समातियो भने जोगाउन सकिँदैन” भन्दै खतरा औंल्याइएको पाइएको छ।

२०८१ असोज २३ गतेपछि भिजिट भिसासम्बन्धी सेटिङ सुरु भएको र कर्मचारीको व्यक्तिगत कारोबारका कारण अख्तियारको निगरानी बढेको विषय पनि भट्टराईले डायरीमा टिपोट गरेको भेटिएको छ। आयोगले बरामद गरेको उक्त डायरी आफ्नै भएको भट्टराईले स्वीकार गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन
6 घण्टा अघि

झापा। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज हुलाकी रा ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP