चुनाव हारेकाको ‘सेफ ल्यान्डिङ’ बन्दै राष्ट्रियसभा ?

काठमाडौँ — राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न राष्ट्रपतिका सल्लाहकार सुनिल थापाले पदबाट राजीनामा दिएका छन्। राष्ट्रपतिको कार्यालयले उनको राजीनामा स्वीकृत गरिसकेको स्रोतले जनाएको छ।

थापाको राजीनामासँगै राष्ट्रियसभा गठन प्रक्रिया र चुनाव हारेका नेताहरूलाई उच्च पदमा व्यवस्थापन गर्ने राजनीतिक संस्कार पुनः विवादको केन्द्रमा आएको छ। पछिल्ला वर्षहरूमा चुनाव पराजय बेहोरेका नेताहरू राष्ट्रियसभा सदस्य, राजदूत, गभर्नर तथा मन्त्री बन्ने क्रम बढ्दै गएको भन्दै आलोचना हुँदै आएको छ।

संविधानले राष्ट्रियसभालाई दीर्घकालीन नीति निर्माण, अनुभव र समावेशिताको सदनको रूपमा परिकल्पना गरे पनि व्यवहारमा भने यसलाई दलका भरोैटे र पराजित उम्मेदवारको पुनर्वास केन्द्र बनाइएको आरोप लाग्दै आएको छ।

नागरिक समाज र विश्लेषकहरूका अनुसार, “चुनावको जनादेश अस्वीकार गर्ने प्रवृत्तिले लोकतान्त्रिक जवाफदेहिता कमजोर बनाइरहेको छ।” उनीहरू राष्ट्रियसभामा स्पष्ट मापदण्ड, नैतिक आचारसंहिता र मनोनयन प्रक्रियामा सुधार आवश्यक रहेको बताउँछन्।

यसैबीच, युवा पुस्ताबाट फरक माग पनि उठिरहेको छ। यदि राष्ट्रियसभा वैकल्पिक सोच र भविष्य उन्मुख नीति बहसको थलो हो भने, Gen-Z प्रदर्शनकारी, सामाजिक अभियन्ता र नयाँ पुस्ताका प्रतिनिधिलाई अवसर दिनुपर्ने तर्क अघि सारिएको छ।

सुनिल थापाको राजीनामाले राष्ट्रियसभा राष्ट्रका लागि साझा व्यक्तित्वको सदन बन्छ कि दलगत व्यवस्थापनको साधन भन्ने प्रश्नलाई फेरि सार्वजनिक बहसको अग्रपङ्क्तिमा ल्याएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP