कुलमानको आगमनसँगै मजबुत बन्यो रास्वपा

काठमाडौं, पुस १४ – पुराना राजनीतिक दलहरूको शासकीय अव्यवस्थाको विरोध गर्दै उठेका नयाँ राजनीतिक शक्तिहरू अब संगठित हुँदैछन्।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा काठमाडौंका मेयर बालेन्द्र शाहको समूह एकता भएको छ। त्यसको एक दिनपछि, कुलमान घिसिङसँग सम्बन्धित उज्यालो नेपाल पार्टी पनि रास्वपा सँग एकता प्रक्रियामा सामेल भएको छ।

यसअघि विवेकशील साझा पार्टी रास्वपामा मिलिसकेको थियो भने जेनजी आन्दोलनका केही अगुवाहरू पनि प्रवेश गरिसकेका छन्। कुलमान निकट नेताका अनुसार, “उहाँले रविज्यूको फोन उठाउनुभएको थिएन, सबै निराश जस्तै थियौँ। तर, एकाएक सुदन गुरुङहरु आएर लिएर गए।”
यसरी कुलमान घिसिङको रास्वपामा प्रवेशसँगै पार्टी अब पुराना दलहरूको विरोधमा उठेको आवाजलाई एक ठाउँमा संगठित गर्दै राजनीतिक प्रभाव बढाउँदै गएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Recent Posts

छुटाउनुभयो कि ?

TOP