बारामा धारिलो हतियार प्रहार, आमा–छोराको हत्या, बुवासहित तीन घाइते

काठमाडौँ ,माघ-१४, जनकपुरधाम बारामा धारिलो हतियार प्रहार गरी आमा–छोराको हत्या भएको छ भने बुवासहित तीन जना घाइते भएका छन्।

बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडी निवासी ३२ वर्षीय रामेश्वर मण्डल र उनकी आमा ५२ वर्षीया सुमित्री देवीको हत्या भएको हो। घटनामा रामेश्वरका बुवा जगरुक मण्डल गम्भीर घाइते भएका छन्।

बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार आज बिहान करिब ३ बजे एक व्यक्ति घरभित्र पसेर धारिलो हतियार प्रहार गर्दा आमा–छोराको ज्यान गएको हो। आक्रमणकारीले अन्धाधुन्ध रूपमा हतियार प्रहार गरेको प्रारम्भिक जानकारी आएको एसपी कुँवरले बताए।

घटनामा घाइते तीन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा प्रहरी पुगेर आवश्यक अनुसन्धान सुरु गरिएको छ।

[RSS]

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तिम ओभर सनसनीपूर्ण, नेपाल चार रनले पराजित
13 घण्टा अघि

मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP