होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रतिबन्ध

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रतिबन्ध

काठमाडौं । होली पर्व मनाउने नाममा कसैले चुनाव प्रचारको रुपमा उपयोग गर्न सक्ने भन्दै प्रशासनले कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस वर्ष होली पर्वमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न र मेला महोत्सव आयोजना गर्न रोक लगाएको छ । साथै निर्वाचनको सुरक्षाका कारण समेत यो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएकोे छ ।

 कार्यालयले जारी गरेको सूचनामा खुला सडक, सार्वजनिक स्थानमा भेला भई भिड जम्मा गर्ने, मेला महोत्सव गर्ने, मञ्च बनाई सांगीतिक कार्यक्रमहरु गर्ने, मादक पदार्थको बिक्री वितरण तथा सेवन गर्ने जस्ता कार्यहरु र निर्वाचन आचारसंहिता प्रतिकूलका गतिविधि नगर्नरनगराउन आग्रह गरीएको छ । होली पर्व मनाउने नाममा कसैले चुनाव प्रचारको रुपमा उपयोग गर्न सक्ने भन्दै प्रशासनले कडाइ गरेको छ ।

प्रशासनले निर्वाचन चिह्न वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी, क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने स्मरण गराएको छ । होली पर्वलाई लक्षित गरी निर्वाचन चिह्न वा उम्मेदवारका तस्वीर अंकित भेष्ट, टिसर्ट, कमिज, गम्छा लगायतका कपडाहरु प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP