ओलीको स्वास्थ्यमा समस्या,चिकित्सकको निगरानीमा उपचार हुँदै

ओलीको स्वास्थ्यमा समस्या,चिकित्सकको निगरानीमा उपचार हुँदै

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप समस्या देखिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका ओलीको स्वास्थ्यमा थप समस्या देखिएको अस्पतालले जनाएको छ । उनी हिजो बिहान गुण्डुबाट पक्राउ परेका थिए ।

पक्राउ परेलगतै स्वास्थ्य परीक्षण गर्न टिचिङ लगिएको ओलीलाई  मुटुको चाल बढ्ने समस्या आएपछि अस्पाताल भर्ना गरिएको थियो । उनी हाइड्रोनेफ्रोसिस, मधुमेह, मेलिटस, उच्च रक्तचाप, हाइपोथायरायडिज्म, एपीसी (उपचारमा) र कोलेलिथियासिसबाट ग्रसित रहेको अस्पतालले जनाएको छ ।

हाल उनी एनेक्स १ को शय्या नम्बर ५०१ मा चिकित्सकको निगरानीमा रहेका छन् । 
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वैदेशिक रोजगारीका विज्ञापनमा सम्पर्क विवरण अनिवार्य
5 घण्टा अगाडि

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

छुटाउनुभयो कि ?

TOP