काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनअघि आम नागरिकको सुरक्षा सुनिश्चित गर्न पूर्वतयारी र विपद् प्रतिकार्य योजना बनाउन निर्देशन दिनुभएको छ।
गृहमन्त्री गुरुङले भन्नुभयो, “नागरिकको जीवन बचाउनु राज्यको सबैभन्दा महत्वपूर्ण दायित्व हो। त्यसैले जुनसुकै विपद्का लागि तयारी अवस्थामा रहन आवश्यक छ।” उनले समस्या परेमा राज्यले कुनै पनि साधन र स्रोत प्रयोग गर्न हिच्किचाउनु नहुने पनि स्पष्ट पारे।
उनले विद्यालय र कलेजमा विपद्सम्बन्धी पाठ्यक्रम समावेश गरी विद्यार्थीहरुलाई आधारभूत तालिम दिनुपर्नेमा जोड दिए। यसैबीच, प्राधिकरण प्रमुख ई. दिनेश प्रसाद भट्टले हालका काम, प्राथमिकता र चुनौतीहरूको प्रस्तुतीकरण गरेका थिए।
गृहमन्त्रीको निर्देशनले मनसुनअघि सुरक्षा तयारी र जनचेतना बढाउने अपेक्षा गरिएको छ।
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!