काठमाडौँ पुस १४ — नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवार संस्थापन र इतर पक्षबीच ६०/४० को भागबण्डाका आधारमा छनोट गर्ने भएको छ। पार्टी स्रोतका अनुसार संस्थापन पक्षले ६० प्रतिशत र इतर पक्षभित्र महामन्त्री गगन थापा तथा नेता शेखर कोइराला समूहलाई ४० प्रतिशत हिस्सा छुट्याउने सहमति भएको हो।
संस्थापन पक्षभित्र पनि विभिन्न उपसमूह सक्रिय छन्। पूर्वपदाधिकारी प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि र शशांक कोइरालाले आ–आफ्नो समूह सञ्चालन गर्दै आएका छन्। आफ्ना समूहका व्यक्तिहरूलाई समानुपातिक सूचीमा समावेश गराउन उनीहरूको दबाब संस्थापन पक्षमै तीव्र बनेको बताइन्छ।
यता, इतर पक्षमा पनि महामन्त्री थापा र कोइराला समूहभित्र छुट्टाछुट्टै समूह रहेकाले समानुपातिक सूचीमा नाम समेट्न प्रतिस्पर्धा बढेको छ।
अनौपचारिक छलफलमार्फत मोटामोटी सूची टुंग्याएपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट अनुमोदन गरी निर्वाचन आयोगमा बुझाउने कांग्रेसको तयारी छ।
यसपटक कांग्रेसले समानुपातिक भइसकेकालाई पुनः उम्मेदवार नबनाउने नीति लिएको छ। प्रदेश सांसद भएका तथा प्रदेशको समानुपातिक सूचीमा परेका नेताहरूले समेत उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ।
अघिल्लो निर्वाचनमा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा, पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण, पार्टी प्रवक्ता प्रकाशरण महत र पूर्वउपसभापति विमलेन्द्र निधिजस्ता नेताहरूले समानुपातिक सिट ‘कब्जा’ गरेको भन्दै पार्टीभित्र र बाहिर व्यापक असन्तुष्टि देखिएको थियो। त्यसैको समीक्षा गर्दै कांग्रेसले यसपटक नयाँ अनुहारलाई प्राथमिकता दिने संकेत गरेको छ।
काठमाडौ,माघ २६ — नारायणगढ–बुटवल सडक खण्डसहित देशभरका पूर्व–पश्चिम राजमार्ग र अन्य ...

प्रतिक्रिया