रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता

काठमाडौं पुस ३०- महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिल कार्यालयलाई स्वीकृति दिएको छ ।


महान्यायाधिवक्तास्तरीय निर्णयसँगै कास्की, रूपन्देही, काठमाडौं र पर्साका सरकारी वकिल कार्यालयले लामिछानेमाथि लगाइएका संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने प्रक्रिया अघि बढाउने भएका छन् । तर, लामिछानेविरुद्धको सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहनेछ ।


संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग फिर्ता लिने गरी मात्रै आरोपपत्र संशोधन गर्न स्वीकृति दिइएको महान्यायाधिवक्ता सबिता भण्डारी बरालले जानकारी दिनुभएको छ । उहाँका अनुसार बुधबार चारवटा जिल्ला अदालतमा विचाराधीन मुद्दाको अभियोगपत्र संशोधन गर्न स्वीकृत दिने निर्णय गरिएको हो ।


निर्णयअनुसार कास्की जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुनेछ । साथै, रूपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा चलिरहेको संगठित अपराधसम्बन्धी मुद्दा पनि फिर्ता हुने देखिएको छ । चितवन जिल्ला अदालतमा भने लामिछानेविरुद्ध संगठित अपराध वा सम्पत्ति शुद्धीकरणको कुनै मुद्दा नचलेकाले त्यहाँ अभियोगपत्र संशोधन गरिएको छैन ।


संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता भएसँगै लामिछाने प्रतिनिधि सभामा निर्वाचित भए संसद् प्रवेश गर्ने बाटो खुलेको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP