देउवा युगको अन्त्य ,निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

काठमाडौँ माघ २— निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ। आयोगले शुक्रबार थापालाई पार्टी सभापतिको रूपमा मान्यता दिएको हो।

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वसम्बन्धी कागजात, निर्णय र प्रक्रिया अध्ययनपछि थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिक ठहर गरिएको हो।

नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको थियो। उक्त महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिको उपस्थितिमा गगनकुमार थापा सभापतिमा चयन भएका थिए।

सभापतिमा चयन भएपछि बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयसहित थापा निर्वाचन आयोग पुगेका थिए। आयोगले पार्टीको विधान, विशेष महाधिवेशनको प्रक्रिया तथा निर्णयहरू अध्ययन गरी मान्यता दिएको जनाएको छ।

निर्वाचन आयोगको यस निर्णयसँगै गगन थापा नेतृत्वको नेपाली कांग्रेस आधिकारिक रूपमा वैधानिक पार्टी नेतृत्वका रूपमा स्थापित भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अब काठमाडौंमा ‘कार कल्चर’ होइन, ‘बस कल्चर’
16 घण्टा अघि

काठमाडौं,माघ २५— काठमाडौं महानगरपालिकाले राजधानीको यातायात व्यवस्थामा आमूल परिवर्तनको संकेत गर ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP