रास्वपाले काठमाडौंका १० वटै क्षेत्रमा उम्मेदवार टुंग्यायो

काठमाडौँ,माघ ६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका सबै १० वटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा उम्मेदवार टुंग्याएको छ। पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंका सबै क्षेत्रमा उम्मेदवारको सूची सार्वजनिक गरेको हो।

रास्वपाका अनुसार काठमाडौं–१ मा रञ्जु दर्शना, काठमाडौं–२ मा सुनिल केसी र काठमाडौं–३ मा राजु पाण्डेले पार्टीको टिकट पाएका छन्। यस्तै, काठमाडौं–४ मा पुकार बम र काठमाडौं–५ मा सस्मित पोखरेल उम्मेदवार बनेका छन्।

काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं–९ मा डीपी अर्याल (डोलप्रसाद) र काठमाडौं–१० मा प्रदीप विष्टलाई पार्टीले उम्मेदवारका रूपमा अघि सारेको छ।

पार्टी नेतृत्वले योग्य, सक्षम र जनउत्तरदायी उम्मेदवारलाई प्राथमिकतामा राखेर टिकट वितरण गरिएको जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार

अब काठमाडौंमा ‘कार कल्चर’ होइन, ‘बस कल्चर’
14 घण्टा अघि

काठमाडौं,माघ २५— काठमाडौं महानगरपालिकाले राजधानीको यातायात व्यवस्थामा आमूल परिवर्तनको संकेत गर ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP