मनोनयन दर्ताको दिनमा शंकर पोखरेलको आह्वान: यो निर्वाचन जनमत संग्रह हो

मनोनयन दर्ताको दिनमा शंकर पोखरेलको आह्वान: यो निर्वाचन जनमत संग्रह हो

काठमाडौँ,माघ ६— नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज मनोनयन दर्ताको दिनलाई सामान्य निर्वाचनको रूपमा मात्र नलिन आग्रह गर्दै यसलाई जनमत संग्रहको रूपमा व्याख्या गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शुभप्रभात सन्देश दिँदै महासचिव पोखरेलले यो निर्वाचन हिंसाको विरुद्ध शान्ति, अराजकताको विरुद्ध अनुशासन र विध्वंसको विरुद्ध निर्माणको छनौट भएको बताएका छन् । उनले संविधान र लोकतन्त्रको पक्षमा तथा प्रतिगमनविरुद्धको जनमत संग्रहका रूपमा यस निर्वाचनलाई लिनुपर्ने उल्लेख गरेका छन् ।

“आज मनोनयन दर्ताको दिन हो । यो निर्वाचन सामान्य निर्वाचन होइन, जनमत संग्रह हो,” पोखरेलले भनेका छन्, “हिंसाको विरुद्ध शान्तिको, अराजकताको विरुद्ध अनुशासनको र विध्वंसको विरुद्ध निर्माणको छनौट हो ।”

महासचिव पोखरेलले नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने सबै प्रकारका षड्यन्त्रलाई परास्त गर्ने संकल्प गर्नुपर्ने आवश्यकता पनि औँल्याएका छन् । उनले राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षा गर्न सबै सचेत नागरिक एकताबद्ध हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

उनको यो अभिव्यक्ति आज देशभर प्रतिनिधिसभा निर्वाचनका लागि उमेदवार मनोनयन दर्ता सुरु भएको सन्दर्भमा आएको हो ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस समारोहमा सरिक
एक महिना अगाडि

काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा आज सैनिक मञ्च टुँडीखेल ...

छुटाउनुभयो कि ?

TOP