भरतपुर महानगर प्रमुख दाहालद्वारा राजीनामा

भरतपुर महानगर प्रमुख दाहालद्वारा राजीनामा

चितवन, माघ-६ भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज राजीनामा दिनुभएको छ । उहाँले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा पत्र बुझाउनुभएको हो ।    
    
 दाहालले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि महानगर प्रमुखको पदबाट राजीनामा दिनुभएको हो । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नं ३ को उम्मेदवार बन्न लाग्नुभएकी दाहालले कार्यपालिकाको बैठक पछि आफ्नो दोस्रो कार्यकालमा हालसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।    
    
 दाहालको राजीनामासँगै उपप्रमुख चित्रसेन अधिकारी कार्यवाहक प्रमुख बन्नुभएको छ । अधिकारीले दाहालको नेतृत्वमा सम्पन्न गर्न बाँकी कामलाई प्रथामिकता दिने बताउनुभयो । 

[रासस]    
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस समारोहमा सरिक
एक महिना अगाडि

काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा आज सैनिक मञ्च टुँडीखेल ...

छुटाउनुभयो कि ?

TOP