देउवा–खड्काको ‘अवैध’ दाबीलाई सर्वोच्चको चिसो झापड

काठमाडौ ,माघ ६-सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय तत्काल रोक्न अस्वीकार गरेको छ ।

निर्वाचन आयोगको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन आवश्यक नरहेको ठहर गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको हो । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले मंगलबार (माघ ६) अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्चको आदेशसँगै गगन थापा नेतृत्वको कार्यसमितिले संगठनात्मक कामकारबाही अघि बढाउने बाटो खुलेको छ ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति अवैध भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई वैधता दिने निर्णय गरेपछि उनीहरू सर्वोच्च पुगेका हुन् ।

रिट निवेदक पक्षका कानुन व्यवसायीले बहसका क्रममा गगन थापा नेतृत्वको कार्यसमिति भंग हुनुपर्ने माग गरेका थिए । तर सर्वोच्चले तत्काल त्यस्तो आदेश दिन अस्वीकार गर्दै मुद्दालाई नियमित प्रक्रियाअनुसार अघि बढाउने भनेकोछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अब काठमाडौंमा ‘कार कल्चर’ होइन, ‘बस कल्चर’
14 घण्टा अघि

काठमाडौं,माघ २५— काठमाडौं महानगरपालिकाले राजधानीको यातायात व्यवस्थामा आमूल परिवर्तनको संकेत गर ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP