ज्ञान, कला र बुद्धिको प्रतीक सरस्वती माताको पूजा आज, देशभर श्रद्धा र भक्ति साथ मनाइँदै

माघ -९, का दिन देशभर ज्ञान, संगीत, कला तथा बौद्धिकताको देवी सरस्वती माताको पूजा श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। विद्यार्थी, शिक्षक, कलाकार तथा बौद्धिक वर्गले सरस्वती पूजालाई विशेष महत्वका साथ मनाएका छन्।

यस पावन अवसरमा Raid Media परिवार सम्पूर्ण दर्शक, पाठक तथा नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सरस्वती पूजा को हार्दिक शुभकामना व्यक्त गर्दछ। माता सरस्वतीको कृपाले सबैको जीवनमा ज्ञान, विवेक, सफलता र सकारात्मक सोचको विकास होस् भन्ने हाम्रो कामना छ।

देशभरका विद्यालय, क्याम्पस, पुस्तकालय तथा धार्मिक स्थलहरूमा विशेष पूजा, हवन तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएका छन्। सरस्वती पूजाले शिक्षा र संस्कृतिप्रतिको सम्मान अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तिम ओभर सनसनीपूर्ण, नेपाल चार रनले पराजित
13 घण्टा अघि

मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP