गैँडाको आक्रमणबाट मृत्यु  !

चितवन, माघ-१३ गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । माडी नगरपालिका–१ का २२ वर्षीय अशोक भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।    
    
सोमबार घाँस दाउरा गर्न घर नजिकैको मरड खोला गएका उनलाई गैँडाले आक्रमण गरेको थियो । गैँडाको आक्रमणबाट गम्भीर घाइते भट्टराईको उपचारका क्रममा सोमबार राति चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।    
    
चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरका अनुसार दुवै जनाको गैँडाको आक्रमणबाट मृत्यु भएको हो ।    

 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तिम ओभर सनसनीपूर्ण, नेपाल चार रनले पराजित
13 घण्टा अघि

मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP