सहिदका सपना पूरा गर्न उनीहरुको बाटोमै हिँड्ने प्रण गरौँ : सभापति थापा

सहिदका सपना पूरा गर्न उनीहरुको बाटोमै हिँड्ने प्रण गरौँ : सभापति थापा

काठमाडौं, माघ १६-नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदहरुको अदम्य साहस र बलिदानप्रति सम्मान गर्दै उनीहरुका सपना पूरा गर्न र देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने बताएका छन् ।

सहिद दिवसका अवसरमा जारी सन्देशमा सभापति थापाले २००७ को जनक्रान्तिदेखि २०८२ को 'जेनजी' विद्रोहसम्मका आन्दोलनमा जीवन आहुति दिने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

 सहिदहरुले देश र जनताका लागि जीवन समर्पण गरेको कारण आज नागरिकहरु स्वतन्त्रताको युगमा श्वास फेर्न पाएको उल्लेख गर्दै उनले भने, "सुदृढ लोकतन्त्रबाट मात्र नेपाल शान्त र समुन्नत बन्न सक्छ ।"सभापतिले कांग्रेसको नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा उल्लिखित जनअधिकारलाई प्रभावकारी कार्यान्वयन गरी समयसापेक्ष परिमार्जन गर्नुपर्ने जोड दिए ।

 वीर सहिदको त्याग र आदर्शलाई आत्मसात् गर्दै 'समुन्नत नेपाल, सम्मानित नेपाली' को लक्ष्य हासिल गर्न स्वदेश–विदेशका नेपालीको सामूहिक प्रयास आवश्यक रहेको विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

यूएईमा रहेका नेपाली सुरक्षित, अफवाह नफैलाउन दूतावासको आग्रह
एक महिना अगाडि

काठमाडौ ।संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका नेपाली नागरिक हालसम्म सुरक्षित रहेको त्यहाँका लागि नेपा ...

छुटाउनुभयो कि ?

TOP