काठमाडौँ,माघ १६ — प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र संकल्पकै कारण देश आज परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्।
सहिद दिवसका अवसरमा शुक्रबार (माघ १६) जारी शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिन्।
सन्देशमा उनले सहिदहरूको त्यागकै कारण आजको राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै अब कुनै पनि आमाको काख फेरि रित्तिन नपरोस् भन्ने कामना व्यक्त गरेकी छन्।
न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको ‘जेन–जी आन्दोलन’मा सहादत प्राप्त वीर योद्धाहरूप्रति पनि उनले नमन गरेकी छन्।
प्रधानमन्त्री कार्कीले शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माण गर्नु प्रत्येक शासकको दायित्व भएको उल्लेख गर्दै सहिदहरूको बलिदान सधैं स्मरणीय रहनुपर्नेमा जोड दिएकी छन्।
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!