कालीमाटीमा आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य यस्तो

काठमाडौँ, माघ १७— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) रु ३२, सानो (टनेल) रु ४५, सानो (भारतीय) रु ३६ र सानो (तराई) रु ४८ कायम गरिएको छ । आलु रातो प्रतिकिलो रु २८ र आलु रातो (भारतीय) रु २५ तोकिएको छ । प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४२ रहेको छ ।

त्यस्तै, गाजर (लोकल) रु ५०, गाजर (तराई) रु ४५, बन्दा (लोकल) रु ६५, बन्दा (तराई) र बन्दा (नरिबल) प्रतिकिलो रु ५० कायम भएको छ । काउली स्थानीय र काउली तराई प्रतिकिलो रु ५०, काउली स्थानीय (ज्यापू) रु ८० तोकिएको छ ।

रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) रु १५ र सेतो मूला (हाइब्रिड) रु २० कायम भएको छ । भन्टा लाम्चो रु ५५ र भन्टा डल्लो रु ६० प्रतिकिलोमा कारोबार हुने समितिले जनाएको छ ।

यसैगरी, मटरकोसा रु ७०, घिउ सिमी (लोकल) रु १२०, घिउ सिमी (हाइब्रिड) रु १०० र घिउ सिमी (राजमा) रु १३० प्रतिकिलो तोकिएको छ । तिते करेला प्रतिकिलो रु १८०, लौका रु ७०, परबर (तराई) रु २४० र फर्सी पाकेको रु ५० कायम गरिएको छ ।

हरियो फर्सी (लाम्चो र डल्लो) दुवै प्रतिकिलो रु ३०, सलगम रु ६०, भिन्डी रु १३०, सखरखण्ड रु ७०, बरेला रु ५५, पिँडालु रु ६५ र स्कुस प्रतिकिलो रु ७० तोकिएको समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तिम ओभर सनसनीपूर्ण, नेपाल चार रनले पराजित
13 घण्टा अघि

मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP