काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पर्सा जिल्लाको ठोरी गाउँपालिका–४ घर भई हाल काठमाडौँमा बसोबास गर्दै आएका ४१ वर्षीय बविलाल लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार रोजगारीका लागि कम्बोडिया लैजाने आश्वासन दिई पीडितबाट चार लाख ३५ हजार रुपैयाँ लिएको र लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्कविहीन बनेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।
लामालाई काठमाडौँ महानगरपालिका–३ बाट पक्राउ गरिएको र थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो।
[RSS]
काठमाडौं । आइसीसी पुरुष टि ट्वान्टीविश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इङ्ल्यान्डविरुद ...

प्रतिक्रिया