काठमाडौ ,माघ २०-निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (FPTP) निर्वाचन प्रणालीतर्फ ३९ लाख ९८ हजार मतपत्र छपाइ सम्पन्न गरेको जनाएको छ। आयोगका अनुसार हालसम्म ३० जिल्लाको मतपत्र छपाइको काम पूरा भइसकेको छ भने बाँकी जिल्लाको मतपत्र छपाइ जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा नियमित रूपमा भइरहेको छ।
यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फ आवश्यक दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइको काम सम्पन्न भइसकेको आयोगले जनाएको छ। साथै मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र पनि छापिसकिएको छ।
निर्वाचन आयोगले तोकिएको समयमै सबै मतपत्र छपाइ सम्पन्न गरी जिल्लाहरूमा ढुवानी गरिने जनाएको छ।
काठमाडौं । आइसीसी पुरुष टि ट्वान्टीविश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इङ्ल्यान्डविरुद ...

प्रतिक्रिया