काठमाडौँ–३ मा विजेताको अघोषित सनसनी, रमेश अर्यालको सम्भावना बलियो

काठमाडौ,माघ २१-काठमाडौँ–३ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्याललाई धेरैले बाहिरबाट कमजोर ठान्छन्। तर स्थानीय राजनीति र क्षेत्रीय यथार्थ हेर्दा उनको स्थिति सहज मतदाताका लागि आकर्षक बन्ने संकेतहरू देखिन थालेका छन्।

अत्यन्तै परिचित र अनुभवी नेता मानिने अर्याल गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का पूर्वअध्यक्ष हुन्। उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा जनमतबाट निर्वाचित भएका थिए। स्थानीय तहमा काम गरेर बनेको पहिचान, कार्यकर्तासँग प्रत्यक्ष सम्पर्क, र क्षेत्रको भूगोलबारे गहिरो बुझाइ नै उनका मुख्य बल हुन्।

काठमाडौँ–३ मा अर्का परिचित नेताहरू—जस्तै कुलमान घिसिङ र राजु पाण्डे—मैदानमा भए पनि अर्याल उनीहरुको लागि चुनौती देखिएका छन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सत्तारुढ दल एमालेका कृष्णबहादुर राईलाई हराउँदै कांग्रेसका सन्तोष चालिसे विजयी भएका थिए। यसले काठमाडौँ–३ लाई कांग्रेसको उर्वर निर्वाचन क्षेत्रको रूपमा चिनाएको छ।

काठमाडौँ–३ ठूलो भूगोल ओगट्ने क्षेत्र भएकाले यहाँको राजनीतिक समीकरणमा स्थानीय नेतृत्वको भूमिका निर्णायक रहन्छ। गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसालको लोकप्रियता, स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा भएका काम तथा प्राप्त अवार्डले कांग्रेसप्रतिको जनविश्वास अझै मजबुत बनाएको छ। रिसालले खुलेर अर्यालको पक्षमा उभिए सकेकाले चुनावी समीकरण अझै अर्यालको पक्षमा  सम्भावना बलियो देखिन्छ।

त्यसैगरी, यसअघि काठमाडौँ–३ बाट निर्वाचित सांसद सन्तोष चालिसेले संसदको अर्थ समितिको सभापतित्व गर्दा खेलेको सक्रिय भूमिका मतदातामा सकारात्मक प्रभाव पारेको छ। यहाँको मतदाता बीच “कांग्रेसले जितेपछि काम हुन्छ” भन्ने धारणा बलियो छ।

अर्को निर्णायक पक्ष भनेको कांग्रेसभित्रको नयाँ ऊर्जा हो। जेनजी आन्दोलनपछि भएको विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा आउँदा कांग्रेसमा नयाँ आशा र उमंग देखिएको छ। गगन थापाको प्रधानमन्त्री बन्न सक्ने अपेक्षाले युवामाझ कांग्रेसप्रतिको आकर्षण बढाएको छ, र यसको असर काठमाडौँ–३ मा पनि देखिन थालेको छ।

यी सबै कारणले, बाहिरबाट कमजोर देखिए पनि रमेश अर्याल काठमाडौँ–३ मा सहज प्रतिद्वन्द्वी मात्र होइनन्। स्थानीय पकड, संगठनको बल, लोकप्रिय नेतृत्वको साथ र राजनीतिक परिवर्तनको माहोलले उनलाई अप्रत्याशित विजेताको रूपमा उभ्याउने आधार तयार गरिरहेका छन्।सभापति गगन थापाको समेत ठूलो साथ समर्थनले अर्यालको पक्षमा पल्ला भारी देखिएकोछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

इङ्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दियो
14 घण्टा अघि

काठमाडौं । आइसीसी पुरुष टि ट्वान्टीविश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इङ्ल्यान्डविरुद ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP