मनाङ । प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन्। शुक्रबार साँझ सम्पन्न अन्तिम मतपरिणामअनुसार गुरुङले भारी मतान्तरसहित जित हासिल गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी नवराज पौडेलका अनुसार गुरुङले २ हजार ४१४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार एशोदा गुरुङ (सुवेदी)ले ४५४ मत प्राप्त गरेकी छन्। यससँगै गुरुङले १ हजार ९६० मतको फराकिलो अन्तरले जित सुनिश्चित गरेका हुन्।
मनाङमा प्राप्त यो जितसँगै नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा दोस्रो सफलता हासिल गरेको छ। यसअघि कांग्रेसले मुस्ताङबाट पनि विजय हासिल गरिसकेको छ।
हाल देशका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ भने कतिपय क्षेत्रमा परिणाम सार्वजनिक हुने क्रम चलिरहेकोछ।
कैलाली। राजु अर्याल ले उत्कृष्ट कार्य गर्ने निर्वाचन प्रहरी, समुदाय विपद् स्वयंसेवक तथा विपद् सूचकला ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!