धनगढी,माघ २१-दार्चुलाको उत्तरी क्षेत्र तिंकर र छाङरुका मतदातालाई लक्षित गरी महाकाली नगरपालिका–४ खलंगा नजिकको तिंकरखेडामा अस्थायी मतदानस्थल तथा केन्द्र स्थापना गरिने भएको छ। जाडो छल्न बेँसीमा झरेका स्थानीय बासिन्दालाई मतदानमा सहज पहुँच दिन निर्वाचन आयोगले उक्त व्यवस्था स्वीकृत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदीप धामीका अनुसार तिंकर र छाङरुका बासिन्दा हरेक वर्ष जाडोयाममा परिवारसहित बेँसीमा बसाइँसराइ गर्ने र वैशाखपछि मात्रै उच्च हिमाली क्षेत्रमा फर्किने भएकाले उनीहरू हाल बसेकै स्थानमा मतदानको प्रबन्ध मिलाइएको हो।
उनका अनुसार व्यास गाउँपालिका–१ अन्तर्गत तिंकर गाउँका मतदाताका लागि मौतिमैला संघ आधारभूत विद्यालयमा र छाङरु गाउँका मतदाताका लागि कैलाशपति आधारभूत प्राथमिक विद्यालयमा मतदानस्थल तोकिएको छ।
“प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण स्थानीयले गरेको अनुरोधलाई आधार मानेर निर्वाचन आयोगले तिंकरखेडामै मतदान केन्द्र राख्न सहमति दिएको हो,” धामीले बताए।
निर्वाचन कार्यालयका अनुसार छाङरु गाउँमा ३७५ र तिंकर गाउँमा २४४ मतदाता रहेका छन्। उक्त क्षेत्रमा आदिवासी सौका समुदायको बाहुल्य बसोबास छ।
प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा कुल ९२ हजार ९४८ मतदाता रहेका छन्। निर्वाचन प्रयोजनका लागि जिल्लाभर ११२ मतदानस्थल र १४३ मतदान केन्द्र स्थापना गरिँदैछन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दार्चुलाबाट ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ।
मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

प्रतिक्रिया