काठमाडौं,माघ २१- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको नेतृत्व सम्हालेपछि एसएसपी बसन्त रजौरेले सुरक्षा चेकजाँचलाई कडा बनाउँदा अवैध गतिविधिमा संलग्न व्यक्तिहरू क्रमशः पक्राउ पर्न थालेका छन्। यसै क्रममा विमानस्थलबाट अवैध सुनसहित एक भारतीय नागरिक र विमानस्थलमै कार्यरत एक सरसफाइ कर्मचारी (स्वीपर) पक्राउ परेका छन्।
विमानस्थल सुरक्षा कार्यालयले छुट्टाछुट्टै दुई घटनामा संलग्न उनीहरूलाई नियन्त्रणमा लिएको एसएसपी बसन्त रजौरेले जानकारी दिए।
एसएसपी रजौरेका अनुसार बुधबार बिहान करिब १० बजे दुबईबाट फ्लाई दुबईको उडानमार्फत काठमाडौँ आएका ४९ वर्षीय भारतीय नागरिक अबु बरकत कुदरते खुदा काजीलाई प्रहरीले शंकाका आधारमा नियन्त्रणमा लिएको थियो। चेकजाँचका क्रममा उनले मलद्वारभित्र सुन लुकाएको आशङ्का भएपछि उनलाई शौचालयमा शौच गर्न लगाइएको थियो।
सो क्रममा उनको शरीरबाट करिब १०० ग्राम तौल भएको पहेँलो रङको बेलनाकार अर्धठोस धातुको डल्ला बरामद भएको प्रहरीले जनाएको छ। भन्सार छली गरी अवैध रूपमा सुन भित्र्याउन खोजेको आरोपमा उनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
यस्तै, विमानस्थलको आन्तरिक सुरक्षा व्यवस्था छलेर सुन बाहिर लैजान खोज्ने सुनगाभा सगरमाथा सर्भिस प्रालिका सरसफाइ कर्मचारी ४० वर्षीय डिक बहादुर राउत पनि पक्राउ परेका छन्। मंगलबार बिहान विमानस्थलभित्रको डस्टबिनबाट फोहोर सङ्कलन गरी बाहिर निस्कने क्रममा प्रहरी चेकिङ पोस्टमा उनको फोहोरको पोका स्क्रिनिङ गरिएको थियो।
स्क्रिनिङका क्रममा फोहोरभित्र लुकाइएको ४.४ ग्रामको सुनको सिक्रीका टुक्राहरू फेला परेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
एसएसपी रजौरेले विमानस्थलको सुरक्षा व्यवस्था थप कडा बनाइएको र अवैध गतिविधि नियन्त्रणका लागि निगरानी बढाइएको बताए। उनले भविष्यमा पनि यस्ता गैरकानुनी गतिविधिमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाए।
मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

प्रतिक्रिया