काठमाडौं,माघ २२— प्रधानमन्त्री शुशिला कार्कीले प्रतिनिधि सभा निर्वाचनका लागि भइरहेको मतपत्र छपाइको प्रगतिले निर्वाचनप्रति जनस्तरमा थप उत्साह सिर्जना गरेको बताएकी छन्।
बिहिवार संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्कीले मतपत्र छपाइको काम व्यवस्थित र तीव्र गतिमा अघि बढेकोमा सन्तोष व्यक्त गरिन्। उनले निर्वाचनको तयारीलाई प्रभावकारी बनाउन जनक शिक्षा सामग्री केन्द्र र निर्वाचन आयोगले देखाएको सक्रियता र मेहनतको प्रशंसा गरिन्।
“मतपत्र छपाइको प्रगतिले प्रतिनिधि सभा निर्वाचनप्रति थप उत्साह बढाएको छ,” उनले भनिन्, “जनक शिक्षा सामग्री केन्द्र र निर्वाचन आयोगको सक्रियता र मेहनत प्रशंसनीय छ।”
प्रधानमन्त्री कार्कीले निर्वाचन प्रक्रिया तोकिएकै समयतालिकाअनुसार अघि बढिरहेको भन्दै नागरिकलाई ढुक्क रहन आग्रह गरिन्। उनले निर्धारित मितिमा देशभर एकै दिन मतदान हुने प्रतिबद्धता दोहोर्याइन्।“ढुक्क हुनुहोस्, तोकिएकै मितिमा देशभर एकै दिन मतदान हुनेछ,” प्रधानमन्त्री कार्कीले भनिन्।
निर्वाचन आयोगले हाल मतपत्र छपाइ अन्तिम चरणमा पुगेको जनाएको छ भने सुरक्षा निकायले मतदान केन्द्रको सुरक्षा व्यवस्थापनको तयारीलाई तीव्र बनाएको बताएको छ।
मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

प्रतिक्रिया