घिसिङको दाबी: ‘अरूलाई होइन, आफैँ प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्छौँ’

काठमाडौं, माघ २२ — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी सत्ता निर्माणको सहायक शक्ति नभई सीधै नेतृत्व लिने शक्ति भएको दाबी गरेका छन्। जनकपुरमा पार्टीको घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले निर्वाचनपछि आफूहरू नै प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्ने स्पष्ट घोषणा गरे।

घिसिङले आफ्नो पार्टी सामाजिक सञ्जालको लोकप्रियताबाट नभई कामको ‘डेलिभरी’का आधारमा अर्ग्यानिक रूपमा स्थापित भएको बताए। उनले देशमा सामाजिक र आर्थिक रूपान्तरण अनिवार्य रहेको भन्दै त्यसको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने जिकिर गरे।
“हामी कसैलाई प्रधानमन्त्री बनाउन आएका होइनौँ, आफैँ प्रधानमन्त्री बनेर देश परिवर्तन गर्न आएका हौँ,” उनले भने, “भाषणले होइन, कामले प्रधानमन्त्री बनिन्छ, जनताले छानेपछि मात्र प्रधानमन्त्री हुने हो।”

घिसिङले आफ्नो पार्टी जेनजी (Gen-Z) आन्दोलनपछि बनेको नयाँ राजनीतिक शक्ति भएको बताउँदै राष्ट्रिय परिवर्तन पार्टीसँगको एकताले आफूहरू थप बलियो बनेको उल्लेख गरे। उनका अनुसार दुवै पार्टी जेनजी आन्दोलनको भावना र माग बोकेर अघि बढिरहेका छन्।

उनले आगामी निर्वाचनमा मतदाताले भाषण गर्ने होइन, काम गरेर देखाउने व्यक्ति र पार्टीलाई मत दिनुपर्ने बताए। उज्यालो नेपाल पार्टीले मधेस प्रदेशका आठै जिल्लामा घरदैलो अभियान चलाइरहेको र धेरै क्षेत्रमा प्रतिस्पर्धामा रहेको उनले जानकारी दिए। पार्टीले उल्लेख्य सिट जित्ने दाबीसमेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

इङ्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दियो
12 घण्टा अघि

काठमाडौं । आइसीसी पुरुष टि ट्वान्टीविश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इङ्ल्यान्डविरुद ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP