२४ लाखको खेल: साक्षी उल्टिएपछि अख्तियारको ‘काउन्टर अट्याक’

काठमाडौं, माघ २२ — भक्तपुर मालपोत कार्यालयसँग जोडिएको २४ लाख ५० हजार रुपैयाँको घुस प्रकरणले नयाँ मोड लिएको छ। यसअघि सरकारी साक्षी बनाइएका दुई जना नै बयान उल्टाएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्धै ‘काउन्टर अट्याक’ गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य, कार्यालय सहयोगी टिकाराम राउत तथा जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका–४ का तेजबहादुर तामाङ र सानुकान्छा तामाङ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अनुसन्धानमा प्रतिवादीहरूले मोही जग्गा दर्ता, बाँडफाँड तथा नामसारीको काम मिलाइदिने भन्दै सेवाग्राहीसँग २४ लाख ५० हजार रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएको अख्तियारको दाबी छ। साविक चाँगुनारायण गाउँ विकास समिति–५ख अन्तर्गत कित्ता नं. २८६ र २८९ को जग्गा जग्गाधनी प्रमाण पुर्जा बनाई दिने बहानामा रकम लेनदेन भएको देखिएको छ।

यसअघि यही प्रकरण (मुद्दा नं. ०८२–CR–0006) मा तेजबहादुर तामाङ र सानुकान्छा तामाङलाई सजायमा पूर्ण छुट दिएर सरकारी साक्षी बनाइएको थियो। तर, मिति २०८२ भदौ २३ मा विशेष अदालतमा बकपत्र गर्दा उनीहरूले अख्तियारमा दिएको बयानको प्रतिकूल हुनेगरी कुरा फेरबदल गरेको पाइएपछि आयोगले उनीहरूलाई नै प्रतिवादी बनाएको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रतिवादीहरूबीच मिलेमतो र योजनामा घुस लेनदेन भएको कसुर (Actus Reus) पुष्टि भएकाले कानुनबमोजिम कारबाही अघि बढाइएको हो।”

आयोगले उनीहरूविरुद्ध २४ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(३) बमोजिम कसुर ठहर गर्दै दफा ३(१)(घ) अनुसार कैद तथा बिगोबमोजिम जरिवाना माग गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तिम ओभर सनसनीपूर्ण, नेपाल चार रनले पराजित
13 घण्टा अघि

मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP