दोस्रो अभ्यास खेलमा नेपाल विजयी

काठमाडौँ, माघ २२ - आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले आज दोस्रो अभ्यास खेलमा पनि विजयी भएको छ । दोस्रो अभ्यास खेलमा नेपलले क्यानडालाई ६ विकेटले पराजित गरेको हो ।    
    
 भारतको चेन्नाइमा भएको अभ्यास खेलमा क्यानडाले नेपाललाई जितका लागि एक सय ६२ रनको लक्ष्य दिएको थियो । नेपालले उक्त लक्ष्य    
१८औँ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि प्रारम्भिक ब्याटर आशिफ शेखले अद्र्धशतकीय पारी खेले । उनले २९ बलमा ६ चौका र तीन छक्काको मद्दतमा ५८ रनको योगदान दिए । त्यसैगरी सन्दिप जोराले ४४, गुल्शन झाले ३१, कुशल भुर्तेलले १२ तथा दीपेन्द्रसिंह ऐरीले ९ रन बनाए ।    
    
 बलिङतर्फ क्यानडाका जसकरण सिहं र अजयवीर हुँडालले एक/एक विकेट लिए ।    
    
 त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६१ रनको योगफल बनाएको थियो ।    
    
क्यानडाका लागि ओपनर नवनीत धलिवालले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ३६ बलमा एक चौका र तीन छक्का हाने । त्यस्तै श्रेयस मोभाले १९ बलमा दुई चौका र तीन छक्कासहित ३८, कनवारपुल ताथगुरले २५ तथा जसकरण सिंहले २१ रन बनाए ।    
    
 बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले दुई/दुई तथा सोमपाल कामी र नन्दन यादवले एक/एक विकेट लिए । यसअघि पहिलो अभ्यास खेलमा पनि नेपालले युएईलाई सात विकेटले पराजित गरेको थियो ।    
[RSS]

प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जन्ती बोकेको बस दुर्घटना, १५ जना घाइते
3 दिन अघि

बैतडी,माघ २२-जिल्लाको पुर्चौडी नगरपालिका–७ मा जन्ती बोकेको बस दुर्घटनामा परेको छ। बिहीबार भौनी ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP