काठमाडौं,माघ २५-जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्देशनअनुसार नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिर जमानीमा छुटेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा गत माघ १९ गते प्रसाईंलाई पक्राउ गरेको थियो । उनले विद्युतीय माध्यमबाट आचारसंहिता उल्लंघन गरेको विषयमा सरकारी वकिलको कार्यालयमा आइतबार (माघ २५) बयान लिइएको थियो ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरी शर्मा काफ्लेले बयान सकिएपछि साइबर ब्युरोलाई हाजिर जमानीमा छाड्न निर्देशन दिइएको रेड मिडियालाई बताए ।
“बयान सकिएपछि उहाँलाई हाजिर जमानीमा छाड्न भनेका थियौँ,” सहन्यायाधिवक्ता काफ्लेले भने । त्यसपछि सरकारी वकिलको निर्देशनअनुसार प्रसाईं रिहा भएका हुन् ।
प्रसाईंलाई अनुसन्धानका लागि दुई दिन हिरासतमा राखिएको थियो । वीरगञ्जमा कार्यक्रम गरेर फागुन २१ मा हुन लागेको निर्वाचन बिथोल्ने अभियान सुरु गर्न लागेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको थियो ।
प्रसाईं यसअघि पनि विभिन्न दलका नेताहरूप्रति गालीगलौज र भ्रामक टिप्पणी गरेको आरोपमा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन् ।
काठमाडौँ, माघ २२ -आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले ...

प्रतिक्रिया