झुलाघाट नाका तीन दिन बन्द हुने

झुलाघाट नाका तीन दिन बन्द हुने

 काठमाडौं ।आसन्न निर्वाचनलाई  मध्यनजर गर्दै  बैतडीको  झुलाघाट सीमानाका तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने छ ।  निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएको झुलाघाट नाका फागुन १८ गते राति १२ः०० बजेदेखि फागुन २१ गते राति १२ः०० बजेसम्म बन्द गरिने भएको हो ।

जिल्लाको ३१ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको र सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बल मार्फत सुरक्षा निगरानी बढाइएको छ । जिल्लाको तल्लोसोराड क्षेत्रमा महाकाली नदीका विभिन्न घाटहरुमा डुङ्गामार्फत वारपार गर्ने भएकोले चुनावका बेला ती सबै घाटहरुबाट आवतजावत बन्द गरिने छ । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
3 हप्ता अगाडि

काठमाडौं । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छ ...

छुटाउनुभयो कि ?

TOP