थुनामुक्त भएपछि दुर्गा प्रसाईंको चुनौती  ‘राजा सडकमा आए थुन्ने दम छ ?

थुनामुक्त भएपछि दुर्गा प्रसाईंको चुनौती  ‘राजा सडकमा आए थुन्ने दम छ ?

काठमाडौं । राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपछि सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण रिटमा आएको आदेशअनुसार थुनामुक्त भएका छन्। निर्वाचन आयोगले चुनाव बिथोल्ने गतिविधि गरेको भन्दै उनलाई पक्राउ गर्न प्रहरीलाई पत्र पठाएको थियो। सरकारको रणनीति चुनावसम्म थुनामै राख्ने भए पनि अदालतले रिहा गर्न आदेश दिएको हो।

रिहापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले देश ‘युक्रेनको बाटोमा’ गएको आरोप लगाए। चुनाव घोषणा भएदेखि नै देश संकटतर्फ धकेलिएको उनको दाबी थियो। नेपाली सेना चुनावभन्दा एक महिना अघिदेखि सडकमा देखिनु शंकास्पद भएको भन्दै उनले प्रश्न उठाए— “देशलाई युक्रेन बनाउने तयारी त भइरहेको छैन ?” आफूले चुनाव हुँदैन भनेकै कारण पक्राउ परेको तर पछि राजाले पनि चुनाव नहुने अभिव्यक्ति दिएको उल्लेख गर्दै उनले सरकारमाथि दोहोरो मापदण्ड अपनाएको आरोप लगाए। “मलाई चुनाव हुँदैन भनेको भन्दै थुन्नुभयो, राजालाई पनि थुन्नुस् त, दम छ ?लोकतन्त्रमा बोल्न पाइँदैन ?” भन्दै उनले चुनौती दिए।

प्रसाईंले राजा अब सडकमा उत्रिन सक्ने आफूले सुनेको दाबी गरे। यदि राजा सडकमा आए नेपाली सेना, प्रहरी र जनताले दरबारभित्रै लगेर गद्दीमा राख्ने उनको दाबी थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएको आरजु देउवा र पूर्णबहादुर खड्कासँगको तस्वीरबारे उनले स्पष्टीकरण दिँदै त्यो दुई–अढाइ वर्षअघिको भेट भएको बताए। स्कुलसम्बन्धी कामका क्रममा भेट हुँदा फोटो खिचिएको उल्लेख गर्दै उनले फोटो खिच्दैमा अर्थ नहुने बताए। आफूले विभिन्न दलका नेताहरूसँग पनि फोटो खिचेको उल्लेख गरे।

प्रसाईंले आफ्नो हातमा देशको नेतृत्व आए सबैभन्दा पहिले आरजु देउवालाई कारबाही गर्ने दाबी गर्दै केपी ओलीलगायत नेताहरूलाई पनि थुन्ने चेतावनी दिएका छन्। सिंहदरबार र सर्वोच्च अदालतमा आगजनीको योजना बनाउनेहरूलाई पनि कारबाही गर्ने उनले बताएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP