काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार काठमाडौँ उपत्यकाका उम्मेदवारहरूसँगको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ सञ्चालन गरेको छ। पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहसहित उपत्यकाका तीन जिल्लाका उम्मेदवारहरू बिहानै पशुपतिमा भेला भएका थिए।
पार्टीले गौशालाबाट अभियान आरम्भ गर्दै प्रत्यक्ष जनसंपर्कमा जोड दिएको जनाएको छ। अभियान साँझ ६:३० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर समापन हुने बताइएको छ।
काठमाडौँ उपत्यकामा चलाइने अभियानको मार्ग भक्तपुरमा चाबहिल, जोरपाटी, साँखु, मुलपानी, पेप्सीकोला, सानोथिमी, दुवाकोट, ब्यासी, कमलविनायक, जगाती र सूर्यविनायक हुँदै ललितपुरको जडिबुटी, ग्वार्को, मंगलबजार, जावलाखेल, पुल्चोकसम्म फैलिनेछ।
काठमाडौँको कालिमाटी, टेकु, थापाथली, कीर्तिपुर, बल्खु, सतुंगल, चन्द्रागिरी, सितापाइला, स्वयम्भू, बालाजु, माछापोखरी, टोखा, बुढानीलकण्ठ, सुकेधारा, विशालनगर, बालुवाटार, नक्साल, माइतीदेवी, पुरानो बानेश्वर, नयाँ बानेश्वर, माइतीघर, पुतलीसडक, जमल, लैनचौर, सामाखुसी, गोङ्गबु हुँदै वनस्थली चोकसम्म अभियान चलाइनेछ।
पार्टीका अनुसार यस अभियानले नागरिकसँग प्रत्यक्ष संवाद गरी उम्मेदवारहरूको परिचय गराउने र निर्वाचन प्रचार प्रसार गर्ने उद्देश्य राखेको छ।
काठमाडौं । केही समयदेखि निरन्तर घटिरहेको सुन-चाँदीको मूल्यमा पछिल्लो समय उतारचढाव देखिएको छ। हिजो आइ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!