काठमाडौं । केही समयदेखि निरन्तर घटिरहेको सुन-चाँदीको मूल्यमा पछिल्लो समय उतारचढाव देखिएको छ। हिजो आइतबार सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले बढेको थियो भने आज भने २ हजार ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने सुन २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो।
यद्यपि, समग्रमा हेर्दा पछिल्लो एक सातामा सुनको मूल्य ८ हजार रुपैयाँले वृद्धि भएको छ। गत सोमबार सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, चाँदीको मूल्य पनि आज घटेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २० रुपैयाँले घट्दै ४ हजार ७०० रुपैयाँमा झरेको छ। हिजो चाँदी ४ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो भने गत सोमबार ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।
बताए ।
काठमाडौं । गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई सर्वोच्च अदालत ले आधिकारिक मान्यता दिएसँगै पा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!