काठमाडौं । पालुङटार नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक जग्गामा गरिएको अतिक्रमण हटाउन सम्बन्धित सबैलाई १५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ। नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ बमोजिम सार्वजनिक जग्गा, नदी–खोलाको बहाव क्षेत्र, सरकारी तथा ऐलानी,पर्ती जग्गामा बिना अनुमति निर्माण गरिएका संरचना हटाउन निर्देशन गरीएको छ ।
नगरपालिकाले केही व्यक्तिहरूले सार्वजनिक जग्गा अतिक्रमण गरी भोगचलन गरेको जनगुनासो आएको भन्दै त्यसको आधारमा निर्णय गरिएको जनाएको छ। साथै, नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने क्रममा पनि यस्तो कदम चालिएको उल्लेख गरिएको छ। सूचनामा तोकिएको समयभित्र संरचना नहटाए नगरपालिकाले आफैं हटाउने र त्यस क्रममा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्तिबाट असुलउपर गरिने चेतावनी दिइएको छ।

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत कृत्रिम बुद्धिमत्ता (एआई), स्वच्छ ऊर्जा, डिजिटल पू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!