गोरखा । पालुङटार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा बजेटलाई जनमुखी बनाउने तयारीस्वरूप “नीति तथा कार्यक्रमको सुझाव संकलन तथा पूर्व बजेट छलफल २०८३” कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाले बजेट निर्माण प्रक्रियामा नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न कार्यक्रम आयोजना गरेको जनाएको छ।
जेठ १५ गते आयोजित कार्यक्रममा नगर प्रमुख विवस चिन्तनको अध्यक्षता रहेको थियो भने पूर्व सचिव कृष्णहरि बासकोटाले सहजीकरण गरेका थिए। कार्यक्रममा नगर उपप्रमुख वन्दना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सी., विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्ष, शाखा प्रमुख, संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
छलफलका क्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, खानेपानी, रोजगार, सामाजिक विकास तथा सेवा प्रवाह सुधारका विषयलाई आगामी बजेटको प्राथमिकतामा राख्न सुझाव दिएका थिए। स्थानीय आवश्यकता पहिचान गरेर योजनाबद्ध विकास गर्नुपर्नेमा अधिकांश वक्ताहरूले जोड दिएका थिए।
कार्यक्रममा बोल्दै नगर प्रमुख विवस चिन्तनले जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर आगामी नीति तथा कार्यक्रम तथा बजेट निर्माण गरिने बताए। उनले पालुङटारको समग्र विकास, पारदर्शी कार्यशैली तथा जनसहभागितामूलक शासन प्रणालीलाई थप मजबुत बनाइने उल्लेख गरे।
पूर्व सचिव कृष्णहरि बासकोटाले स्थानीय तहको बजेट तथा योजना निर्माणमा तथ्यमा आधारित योजना, स्पष्ट प्राथमिकता र नागरिक सहभागिता आवश्यक रहेको बताएका थिए। उनले स्थानीय सरकारको प्रभावकारिता जनतासँगको समन्वय र उत्तरदायित्वमा निर्भर रहने उल्लेख गरे।
नगरपालिकाले आगामी बजेटलाई दीगो विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा आधारभूत सेवाको पहुँच विस्तारमा केन्द्रित गर्ने संकेत दिएको छ।
काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!