काठमाडौं | देशभर जारी मतदानमा बिहीबार दिउँसो २ बजेसम्म ६२ लाखभन्दा बढी मत खसेको छ।
निर्वाचन आयोगका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म कुल ६२ लाख २० हजार ४२ मत खसेको हो। मतदान बिहान ७ बजेदेखि सुरु भएको हो र अहिले पनि जारी छ।
प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी मतदान काठमाडौं उपत्यकामा ४७ प्रतिशत भएको छ। त्यसपछि गण्डकी प्रदेशमा ३९ प्रतिशत मतदान भएको छ।
देशभर रहेका १० हजार ९६७ मतदान स्थलमा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।
अहिलेसम्म देशभरको औसत मतदान दर ३३ प्रतिशत पुगेको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन अधिकारीहरूले मतदातालाई समयमै मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका छन्।
काठमाडौँ | काठमाडौँ प्रहरीले गए राति अपरेशन सेफ्टीसञ्चालन गरी उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!