काठमाडौं। काठमाडौंमा प्रहरीले रातभर सर्च अपरेशन सञ्चालन गर्दै १९५ जनालाई नियन्त्रणमा लिएको छ। गुण्डागर्दी, ठगी तथा बिचौलियामा संलग्न व्यक्तिहरूलाई लक्षित गर्दै गरिएको अपरेशनका क्रममा उनीहरू पक्राउ परेका हुन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, बुढानीलकण्ठलगायतका विभिन्न क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
एसएसपी थापाले भने, ‘ठमेल, विमानस्थल लगायतका क्षेत्रमा मान्छे तानातान गर्ने, पहिल्यैदेखि गुण्डागर्दीमा संलग्न तथा बिचौलिया गतिविधिमा सक्रिय १९५ जनालाई नियन्त्रणमा लिएका छौं।’
पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले स्वास्थ्य सेवा व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउन ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!