रुकुमपूर्वमा नेकपाका संयोजक दाहालको अग्रता कायमै

रुकुमपूर्वमा नेकपाका संयोजक दाहालको अग्रता कायमै

काठमाडौं ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअन्तर्गत रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायम राखेकाछन् ।

उनले पाँच हजार ९२४ मत प्राप्त गरेकाछन् ।     यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लीलामणि गौतमले दुई हजार ९१ र नेपाली कांग्रेसका कुसुमदेवी थापाले एक हजार ७०९ मत प्राप्त गरेकाछन् । 

हालसम्म भुमे गाउँपालिकाको नौ वडा र सिस्ने गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ र ७ को १० हजार ९२१ मतगणना सकिएको छ । यहाँ  २९७ मत बदर भएको छ । अहिले सिस्ने गाउँपालिकाको ६ र ८ नम्बर वडाको मतगणना जारी छ । त्यसपश्चात् पुथा उत्तरगङ्गा गाउँपालिकाको मतगणना गरिने मुख्य निर्वाचन अधिकृत खनालले बताएकाछन् । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सभामुख डीपी अर्यालले गरे पद बहाली
1 हप्ता अगाडि

काठमाडौं । नवनिर्वाचित सभामुख डीपी अर्यालले पद बहाली गरेका छन् । आजै मात्र प्रतिनिधिसभा बैठकबाट नि ...

छुटाउनुभयो कि ?

TOP