काठमाडौं।प्रधानमन्त्री सुशीला कार्की ले गैरआवासीय नेपालीलाई भावनात्मक सम्बन्धमा सीमित नबस्न भन्दै आह्वान गरेकी छन् — “कुरा धेरै भो, अब पैसा भित्राउनुहोस।”
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको समापन सत्रमा बोल्दै उनले प्रवासी नेपालीको माया मात्र पर्याप्त नभएको र ठोस आर्थिक योगदान आवश्यक भएको बताइन्।
प्रधानमन्त्री कार्कीले भने, “सरकारको एकल प्रयासले देशको विकास सम्भव छैन। विश्वभर रहेका नेपालीको पुँजी, सीप र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आवश्यक छ।” उनले वैदेशिक लगानी पारदर्शी प्रणाली र दीर्घकालीन संरचनामा केन्द्रित हुने पनि जानकारी गराइन्।
महाधिवेशनबाट निर्विरोध अध्यक्ष निर्वाचित डा. हेमराज शर्मा सहितको नयाँ नेतृत्वलाई शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले एनआरएनएको एकताले लगानी वातावरण बलियो बनाउने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा प्रवासी नेपालीको लगानी आकर्षित गर्न कानुनी सुधार, दोहोरो नागरिकता र मताधिकार सुनिश्चित गर्न सरकारसँग स्पष्ट माग राखिएको थियो।
प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीलाई नेपालको “सद्भावना दूत” भन्दै अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान र प्रतिष्ठा फैलाउन उनीहरूको योगदान महत्त्वपूर्ण रहेको बताइन्।
काठमाडौँ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २७ अङ्कले बढेर दुई हजार ८६६ दशमलव ८७ को बिन् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!