चितवन। जिल्ला प्रशासन कार्यालय, चितवनले अनुमति नलिई सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्र र वैदेशिक रोजगार सेवा प्रदायक संस्थालाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिएको छ।
कार्यालयले जारी गरेको सूचना अनुसार प्रचलित कानुन बमोजिम स्वीकृत वा इजाजतपत्र प्राप्त नगरी सञ्चालित यी संस्था ‘भिसा प्रोसेसिङ’, रोजगार प्रत्याभूत जस्ता झुटा आश्वासन दिने गरेको पाइएपछि तत्काल कानुनअनुसार व्यवस्थित गर्न आदेश दिइएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माद्वारा जारी सूचनामा भनिएको छ कि, अनुमति नलिई सञ्चालन गरिएका केन्द्र र संस्थाहरूले सूचनाको पालना नगरे प्रचलित कानुन अनुसार कारबाही गरिने छ।
प्रशासनको यो कदमले विद्यार्थी र रोजगारी खोज्ने व्यक्तिहरूलाई ठगीबाट बचाउने उद्देश्य राखेको बताइएको छ।
काठमाडौं । नेपाल राष्ट्र बैंक ले बजारमा बढ्दो तरलता नियन्त्रण गर्न आज (बुधबार) ४० अर्ब रुपैयाँ खिच्न ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!