काठमाडौँ महानगरपालिका–प्रसूति अस्पताल सहकार्य: २ करोडमा ‘स्मार्ट’ फोहर व्यवस्थापनको थालनी

काठमाडौँ महानगरपालिका–प्रसूति अस्पताल सहकार्य: २ करोडमा ‘स्मार्ट’ फोहर व्यवस्थापनको थालनी

काठमाडौं।स्वास्थ्य क्षेत्रमै चुनौतीको रूपमा रहेको हानीकारक अस्पतालजन्य फोहर व्यवस्थापन अब व्यवस्थित र प्रविधिमैत्री बन्ने भएको छ। काठमाडौँ महानगरपालिका र प्रसूति तथा स्त्री रोग अस्पतालबीच २ करोड रुपैयाँको सहकार्यसँगै आधुनिक फोहर व्यवस्थापन प्रणाली कार्यान्वयनमा आउने भएको हो।

सम्झौताअनुसार नन-बर्न थर्मल टेक्नोलोजीमा आधारित अत्याधुनिक प्लान्ट स्थापना गरिनेछ, जसले वातावरणमा असर नपुर्‍याई सुरक्षित ढंगले हानीकारक फोहर व्यवस्थापन गर्नेछ। यस प्रविधिले परम्परागत जलाउने (burn) प्रणालीको विकल्प दिँदै प्रदूषण न्यूनीकरणमा समेत ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

अब प्रसूति अस्पतालबाट उत्पादन हुने जोखिमयुक्त फोहर मात्र होइन, महानगरपालिकाले सञ्चालन गरेका स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूबाट निस्कने फोहरसमेत एउटै संरचनामार्फत व्यवस्थापन गरिनेछ। यसले विखण्डित र असुरक्षित रूपमा भइरहेको फोहर व्यवस्थापन प्रक्रियालाई एकीकृत र प्रभावकारी बनाउने देखिएको छ।

सम्झौताअनुसार उपलब्ध २ करोड रुपैयाँ अनुदान अस्पतालले अत्यावश्यक उपकरण खरिद, जडान तथा फोहर व्यवस्थापन स्थलमा ट्रस संरचना निर्माणमा खर्च गर्न पाउनेछ। यससँगै प्लान्ट सञ्चालनमा आएपछि संक्रमण जोखिम घट्ने, स्वास्थ्यकर्मी र सर्वसाधारणको सुरक्षामा सुधार आउने तथा वातावरण संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

शहरी व्यवस्थापन र स्वास्थ्य सुरक्षालाई एकैसाथ सम्बोधन गर्ने यो पहललाई महानगरस्तरकै नमूना परियोजनाका रूपमा लिइएको छ। सम्झौता चालु आर्थिक वर्षको असार १५ गतेसम्म मान्य रहने जनाइएको छ, जसअन्तर्गत निर्धारित समयभित्रै काम अघि बढाउने तयारी गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

पशुपति बनकालीमा डोजर एक्सन, ५ संरचना भत्काइयो
5 घण्टा अगाडि

काठमाडौं ।काठमाडौं महानगरपालिका–८ स्थित विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र अन्तर्गत बनक ...

छुटाउनुभयो कि ?

TOP