काठमाडौं । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपालीको उद्धार गरिएको छ । विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरुलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरेको हो ।
दूतावासका अनुसार उद्धार गरिएकाहरु अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र विनाभिसा बसिरहेका व्यक्तिहरु हुन् । दूतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उनीहरुलाई उद्दार गरिएको हो ।
उद्धार गरिएकाहरुलाई गैरआवाशीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा बुधबार नै काठमाडौं पठाइएको छ । उनीहरु बिहिबार त्रिभुवन विमानस्थलमा अवतरण भएका छन् । अलपत्र परेका अन्य व्यक्तिहरु पनि रहेको सूचना प्राप्त भएको र उनीहरुलाई पनि फर्काउन पहल भइरहेको दूतावासले जनाएकोे छ ।
त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदूतावास बैंककले उद्धार गर्न बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको छ । कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्कअनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया गएकोमा सन् २०२२ मा एक हजार ९७७, सन् २०२३ मा दुई हजार ९४०, सन् २०२४ मा छ हजार ४०४ तथा सन् २०२५ मा नौ हजार ६७६ जना नेपाली कम्बोडिया गएको देखिन्छ ।
दूतावासले कुनै प्रलोभनमा नपरी नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र कम्बोडिया, लाओस, म्यानमार थाइल्याण्डलगायतका मुलुकहरूमा नजान सचेत गराएको छ ।
काठमाडौं ।काठमाडौं महानगरपालिका–८ स्थित विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र अन्तर्गत बनक ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!